मङ्लबार, अशोज ७, २०७६
BigTop ताजा

विभिन्न मन्त्रालयका एक दर्जन भन्दा बढि सचिवको पजनी

काठमाडौ भाद्र ५,  सरकारले १६ सचिवको सरुवा गरेको छ । सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै विभिन्न मन्त्रालयका    एक दर्जन भन्दा सचिवको सरुवा भएको जानकारी दिनु भएको छ ।

यसरी सरुवा गरिएका सचिवहरुमा क्रमस माधव बेल्वासे राष्ट्रिय सतर्कता केन्द्रबाट खानेपानी तथा सरसफाइ मन्त्रालय,केदारबहादुर अधिकारी उद्योग, वाणिज्य तथा आपूर्तिबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डनय मन्त्रालय, मोहनकृष्ण सापकोटा पर्यटन मन्त्रालयबाट सार्वजनिक खरीद अनुगमन कार्यालय, महेशप्रसाद दाहाल श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,
डा सञ्जय शर्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा , खगराज बराललाइ शिक्षाबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै गोपीनाथ मैनालीलाई भूमि, व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयबाट महालेखा नियन्त्रण कार्यालयमा, विनोद केसीलाई राष्ट्रपति कार्यालयबाट श्रम मन्त्रालयमा, टेकेन्द्रराज शर्मा पौडेललाई सार्वजनिक खरीद अनुगमनबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, महेन्द्रप्रसाद गुरागाईंलाई लोकसेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, वैकुण्ठ अर्याललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने  रामप्रसाद थपलियालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट युवा तथा खेलकूद मन्त्रालयमा, तीर्थराज ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नं ५ बाट प्रधानमन्त्री कार्यालय, आनन्दराज ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं ३ बाट लोकसेवा आयोगमा, सूर्यप्रसाद गौतमलाई महालेखा परीक्षक नियन्त्रकको कार्यालयबाट भूमि, व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयमा र डा.हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपतिको कार्यालयमा सरुवा  गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू