शनिबार, बैशाख ८, २०८१

S.A.B.B.F.2019 का बडिबिल्डिङ पदक विजेता प्रतियोगिलाइ संघका अध्यक्ष श्रेष्ठले पुरस्कृत गर्ने

५३औं एसियन बडिबिल्डिङ च्याम्पियनसिप २०१९ मा नेपालबाट ९ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौ साउन ८ , राजधानीमा सम्पन्न १२ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुँदै ३ स्वर्ण, ७ रजत र ६ कास्य पदक जित्न सफल बडिबिल्डिङ प्रतियोगिलाइ संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले व्यक्तिगत रुपमा नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको छ । त्यस्तै विज्ञप्तिमा बडिबिल्डिङ प्रतियोगिता मार्फत सफलता प्राप्त गर्दै देशको प्रतिष्ठा अभिवृद्धि गर्न उच्च् योगदान गरेको भन्दै अध्यक्ष श्रेष्ठ स्वर्णपदक विजेतालाइ रु ५० हजार रजक जित्नेलाई ३० हजार र कास्यपदक जित्नेलाई २० हजार दिने घोषणा गर्नु भएको उल्लेख गरिएको छ ।

स्वर्ण जित्नेलाई ५० हजार, रजक जित्नेलाई ३० हजार र कास्य जित्नेलाई २० हजार दिने पुरस्कार दिने संघका अध्यक्ष राजेश बाबु श्रेष्ठको घोषणा

प्रस्तुत प्रतियोगिताको १८ विधामा नेपालका २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । समग्र प्रतियोगितामा नेपालले दोस्रो स्थानमा टिम च्याम्पियनको उपाधी सहित पुरुष एथलेटिक्स फिजिकअन्तर्गत १६७ सेमी माथिको प्रतिस्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्य र पुरुष सिनियर बडिबिल्डिङतर्फ ६५ केजी तौल समूहमा समिर श्रेष्ठले स्वर्ण पदक जितेका थियो ।

त्यस्तै ६० केजी समूहमा कमल भण्डारी र ७० केजीमा रमेश कार्की पुरुष एथ्लेटिक्स फिजिकमा निशानत मान प्रधान, पुरुष फिटनेसमा राजु राई, महिला एथ्लेटिक्स फिजिकमा रजनी श्रेष्ठ र महिलाको मोडल फिजिकमा पूजा श्रेष्ठले रजत पदक जितेकी थिइन्। त्यस्तै ८५ केजीसमूहमा मिलन सिजापती , ७५ केजीसमूहमा अशोक महर्जन, ६५ केजीसमूहमा प्रज्वल शाक्य ५५ केजीसमूहमा किशन दास दिवाकर, र पुरुष जुनियर बडिबिल्डिङमा कृष्ण महर्जन र महिला एथ्लेटिक्स फिजिकमा सुजिता मानन्धरले कास्यपदक जितेकी थिइन्।

त्यस्तै सोहि विज्ञप्तिमा आगामी साउन ३१ देखि भाद्र १ गतेसम्म एसिया प्यासिफिक बडिबिल्डिङ च्याम्पियनसिप २०१९ हालै सम्पन्न १२औं दक्षिण एसियाली बडिबिल्डिङ प्रतियोगितामा विजेता बनेका ३ खेलाडी सहित १ अफिसियललाई थाइल्याण्ड पठाउने तयारी भएको जनाएको छ ।  त्यस्तैगरि चीनको होहोट सिटी इन्नटर मंगोलियामा आगामी भाद्र २६ देखि असोज १ सम्म आयोजना हुने ५३औं एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०१९ मा नेपालबाट ९ खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।  संघका अनुसार बडिबिल्डिङमा ३ जना, पुरुष स्पोर्ट्स फिजिक र महिला एथ्लेटिक्स फिजिकमा ४ जना र पुरुष एथ्लेटिक्स फिजिकमा २ गरी ९ खेलाडी र २ जना अफिसियल र २ जना निर्णायक समेत उक्त प्रतियोगितामा सहभागि हुने संघले जनाएको छ।

 

साथमा यो पनि : 

१२ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्र्तगत टिमतर्फ नेपाल दोस्रो स्थानमा

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।