शुक्रबार, चैत्र १६, २०८०

५ पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन

काठमाडौ साउन १५,  यातायात व्यवस्था कार्यालयले ५ पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र निलम्बन गरेको विभागले जनाएको छ ।

महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले विगतका वर्षको तुलनामा पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको सङ्ख्यामा कमी आएको बताउँदै महाशाखाले मापसे कारवाहीमा परेका चालकसँग रु एक हजार जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको जानकरी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।