मङ्लबार, बैशाख ११, २०८१

स्वास्थ्य मातहतका विभागीय प्रमुसखसंग कार्यसम्पादन सम्झौता

काठमाडौ साउन ८,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि हरेक सरकारी निकायका प्रमुख तथा मातहतका कर्मचारीलाई एक वर्षको कार्य सम्पादन करार सम्झौता गर्ने निर्णय गरे अनुरुप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय विभागीय प्रमुख तथा महाशाखा प्रमुखवीच पनि कार्यसम्पादन सम्झौता भएका छन ।

मंगलवार मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालय मातहत रहेका स्वास्थ्य सेवा, औषधि व्यवस्था र आयुर्वेद विभागका जिम्मेवार अधिकारीसंग संघीय प्रारुपको नयाँ स्वास्थ्य नीति, २०७६ अनुरुप ११ बुँदे कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।