शुक्रबार, बैशाख ७, २०८१

सॉस्कृतिक विविधताले भरिपूर्ण उपत्यका पर्यटकको मुख्य रोजाइ : सहसचिव तामाङ

  • अनुप प्रधान

ललितपुर असार २५ , नेवाः पत्रकार राष्ट्रिय दबुले आज संस्कृति र पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यमको भुामका विषयक अन्तरक्रियाको आयोजना गरेको छ ।

अन्तरक्रियामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्र सिंह तामाङले भौगोलिक विविधता र सॉस्कृतिक विविधताले भरिपूर्ण काठमाडौं उपत्यका पर्यटकको मुख्य रोजाइ रहेको बताउँदै यहाँका त्यस्ता महत्पूर्ण अन्य थुप्रै मुर्त तथा अर्मुत सम्पदाको विषयमा थप जानकारी प्रवाह गर्दै सञ्चारमाध्यले भुकिा निर्वाह् गर्नुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै उहाँले यहाँका दरवार परम्परागत रहनसहन र जीवनशैली हाम्रो पहिचान भएको जनाउ दिदै यसको संरक्षणर सम्वद्र्धनमा सरोकारवाला निकायको ध्यानाकर्षणमा समेत सञ्चारमाध्यमले पहलकदमी लिन आवश्यक रहेको बताउँनु भएको
छ ।

त्यस्तै अन्र्तक्रियामा नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनिल महर्जनं कान्तिपुर पत्रिकाका सम्वाददाता प्रशान्त माली सञ्चारकःर्मी एवम सम्पदा असंरक्षण्का अभियन्ता सुरेशकिरण मानन्धर ,ललितपुर महानगरपालिका वडा न १६ र २१ का वडाध्यक्षद्दय निर्मलरत्न शाक्य, रविन्द्र महर्जन, दबूका अध्यक्ष श्रीकृष्ण महर्जन लगायतले कार्यक्रमको आवश्यकता एवम् औचित्यमा माथि प्रकाश पार्दै आफ्नो धारणा अभिव्यक्त गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु