शुक्रबार, बैशाख ७, २०८१

सिकाइ केन्द्रित शिक्षा प्रणालीको विकास आवश्यक : मन्त्री पोखरेल

शिक्षा पत्रकारिता पुरस्कार रौनियारलाई  

काठमाडौ साउन १४ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पेशागत दक्षता र राष्ट्रप्रतिको प्रतिवद्धतामा समर्पित भई पत्रकारिता गर्न आवश्यक रहेको बताउँदै घोकन्ते “शिक्षा प्रणालीको अन्त्यका लागि सिकाइ केन्द्रित शिक्षा प्रणालीलाई विकास गर्नुपर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्दारा आज राजधानीमा आयोजित राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७५ वितरण कार्यक्रमलाइ समेधन गर्दै मन्त्री पोखरेलले यस्तो अभिव्यक्तिदिनु भएको हो ।

त्यस अवसरमा उहाँले रु. ५१ हजार राशीको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गर्नु भएको छ ।  त्यस्तै रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ प्रदेश नं १ बाट सुजन तिम्सिना ( इलाम), २ बाट सन्तोष सिंह (जनकपुर), ३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौं)लाई प्रदान गरिएको छ ।   साथै महासङ्घ र मदरल्याण्ड नेपालको सहकार्यमा प्रदान गर्दै आएको रु ४० हजार राशिको ‘लैङ्गिक समानता पत्रकारिता’ पुरस्कार सुजीतकुमार झा, जनकपुर (एभिन्युज टिभी), तिलसरा विक, हुम्ला (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) लाई प्रदान गरिएको थियो ।

यसैगरी सात प्रदेश र उपत्यकालाई एक प्रदेश आठ प्रदेशबाट दुई/दुई जनालाई प्रदान गरिने रु १५ हजार राशिको प्रादेशिक शिक्षा पत्रकारिता समेत क्रमस प्रदेश नं १ बाट रोहित राई (सुनसरी) र सुशीला पाठक (मोरङ), प्रदेश नं २ बाट बृजलालप्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही), प्रदेश नं ३ बाट शरद अधिकारी (काठमाडौँ) र सविता श्रेष्ठ (चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत) र शान्ता कमली (लमजुङ ), प्रदेश नं ५ बाट विकास बन्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट) र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ) र भूमिराज जोशी (बझाड) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली (काठमाडौँ)लाई पुरस्कृत गरिएको थियो भने संस्थागतको एफएमतर्फ रु २० हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं १ बाट तमोर एफएम (ताप्लेजुङ), प्रदेश नं २ बाट रेडियो अपन मिथिला (महोत्तरी), प्रदेश नं ३ बाट रेडियो सन्देश (मकवानपुर), गण्डकी प्रदेशबाट ह्याप्पी एफएम (नवलपुर), प्रदेश नं ५ बाट रेडियो मदनपोखरा (पाल्पा), कर्णाली प्रदेशबाट रेडियो शारदा (सल्यान), सुदूरपश्चिमबाट रेडियो जनप्रिय (अछाम) र उपत्यकाबाट क्यापिटल एफएम (काठमाडौँ)लाई प्रदान गरिएको थियो ।

त्यस्तै संस्थागततर्फ छापाबाट शिक्षालय मासिक (ललितपुर), अनलाइनबाट सेतोपाटी डटकम र टेलिभिजनबाट जनता टिभीलाई समेत रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गरिएको थियो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्द आचार्य, केन्द्रका महानिर्देशक बाबुराम पौडेल, मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डे र पुरस्कार छनोट समितिका संयोजक तथा महासंघका महासचिव रमेश विष्टलगायतले पुरस्रकारको उपादेयता लगायतका विषयमा धारणा व्यक्त गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु