शुक्रबार, चैत्र १६, २०८०

सरकार आफ्नो विरोध गर्नेलाइ सिध्याउने परिपञ्चमा लागेको सभापति देउवाको आरोप

काठमाडौ साउन ६, ३७ औँ बिपी स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले राजधानीमा आयोजित ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीलाइ सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार अभिव्यक्ति स्वतन्त्रता विरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट प्रेरित भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले सरकारले आफ्नो शक्तिको दुरुपयोग गर्दै व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर आफ्ना विरोध गर्ने जोकोहिलाइ पनि सिध्याउने परिपञ्चमा रहेको लागेको आरोप लगाउनुभएको छ ।  त्यस्तै उहाँले बिपीको विचार विगतमा जति सान्दर्भिक थियो आज पनि उत्तिकै महत्वपूर्ण रहेको विचार व्यक्त गर्दै विपीको व्यक्तित्वमाथि प्रकाश पार्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

त्यस अवसरमा सभापति देउवाले बिपी कोइराला र केपी भट्टराईको तस्बीरमा माल्यार्पण गर्दै प्रतिष्ठानका संस्थापक एवं पूर्व मन्त्री ढुण्डिराज शास्त्रीलाई सम्मान र प्रतिष्ठानद्वारा प्रकाशित ‘शहीद’ नामक पुस्तक लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधि, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा , प्रतिष्ठानका संस्थापक ढुण्डिराज शास्त्रीलगायतले बिपीको व्यत्तित्वमाथि प्रकश पार्नु भएको थियो ।