बुधबार, बैशाख १२, २०८१

सत्तारुढदल नेकपाको जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी को-कसले पाए ? (नामावली सहित)

काठमाडौ साउन ५, सत्तारूढ नेकपा ले ७७ जिल्ला र छ महानगरपालिकाका इन्चार्ज तथा सहइञ्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ । तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रवीचको एकाकार लाइ पूर्णता दिने क्रममा अर्थात पार्टी एकता अन्र्तगत आज लामो रस्सा कस्सीपछी जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिने काम भएको हो ।

नेकपा महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा यसअघि जिल्ला अध्यक्ष तथा सचिवको जिम्म्ेवारी बाँडफाँड गरिसकेका नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्ने कामसंगै अव पार्टीका मङ्गलबार बस्ने पार्टीको सचिवालय बैठकले विभागका प्रमुखको पनि निर्णय गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारीमा नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका व्यक्तिलाइ समेत जिल्ला इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिएको छ ।जसअनुसार  काभ्रेपलाञ्चोक जिल्लाको इन्चार्जमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा , स्याङ्जा जिल्ला इन्चार्जमा भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल, सुनसरीको सहइन्चाज कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी, कालीकोट जिल्ला इन्चार्जमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लाइ जिम्मेवारी दिईएको छ ।

त्यस्तै भक्तपुरको इन्चार्जमा   दिलीपकुमार प्रजापति, सहइन्चार्जमा सोमप्रसाद मिश्र , ललितपुरको इन्चार्जमा हरि दाहाल, सहइन्चार्जमा प्रमेश हमाल र काठमाडौको इन्चार्जमा  सावित्रा भुसाल, सहइन्चार्जमा अञ्जना विशङ्खे, कुमार पौडेल, दिलीप महर्जन, नारायण सिलवाल, पार्वती थापा, वसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाल र सुरेन्द्र मानन्धर लाइ जिम्मेवारी दिईएको छ । बाँकी जिल्लाका इन्चार्ज र सहइन्चार्ज निम्नानुसार रहेका विज्ञप्तिमा उल्लेख गरिएको छ

यस्तो छ नेकपा जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पाउँनेको नामावली  :

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।