शुक्रबार, चैत्र १६, २०८०

शान्तिका प्रतिक भगवान बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाहीको माग

काठमाडौ साउन २, नेपाली काङ्ग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्ग शान्ति र अहिंसाका प्रतिक भगवान बुद्धको मूर्तिहरू तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारवाहीको माग गरेको छ ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक विज्ञप्ति जारी गर्दै विश्वमा नेपाललाई चिनाउने भगवान् गौतमबुद्धको मूर्तिहरूलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको उल्लेख गर्दै सो निन्दनीय एवं आपत्तिजनक कार्य गर्ने दोषीलाई करवाही गर्न माग गर्नुभएको छ । स्मरण रहोस अज्ञात र अराजक समूहले शंकरनगरदेखि नयाँमिलसम्मका बुद्धका मूर्तिहरु तोडफोड गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।