बिहिबार, चैत्र १५, २०८०

रोपाई र खेतीपातीको व्यस्ततापछि आज खीर खाएर साउन १५ मनाउँदै

काठमाडौ साउन १५,  आज साउन् महिनाको १५ गते अर्थात । दुग्ध पदार्थबाट बनाईएको खीर खाने दिन । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा अनुरुप आजको दिन  यत्र ,तत्र ,सर्वत्र खीर खाएर साउन १५ मनाउँदैछन् ।

नेपाली सस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई अनुरुप आज तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो परम्परा रहिआएको छ ।

त्यसो त साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनका लागि साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन रहिआएको बताइन्छ ।

साथै नेपाली समाजमा धार्मिक र सांस्कृतिक रुपमा खीरको ज्यादै महत्व रहेको छ । पूजाअर्चना, श्राद्ध, विवाह, वर्तबन्ध लगायत कुनै पनि हिन्दू रीतितिथी मिल्दो संस्कारको क्रममा खीरको प्रचलन रहिआएको पाइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।