शनिबार, बैशाख ८, २०८१

यस वर्षको लैङ्गिक समानता पत्रकारिता पुरस्कार झा, विक र भट्टलाई

  • सुनिला महर्जन 

काठमाडौ साउन ९, नेपाल पत्रकार महासङ्घ र मदरल्याण्ड नेपालको सहकार्यमा प्रदान गर्दै आएको यस वर्षको ‘लैङ्गिक समानता पत्रकारिता’ पुरस्कार पत्रकारत्रय क्रमस सुजितकुमार झा, जनकपुर (एभिन्यूज टिभी), तिलसरा विक, हुम्ला (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) दिइने भएको छ ।

पुरस्कार छनोट समितिको आज बसेको बैठकले लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमूलक र प्रभावशाली समाचार/आलेख प्रकाशन/प्रसारण गरी पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका कारण पत्रकारत्रयलाइ प्रस्तुत पुरस्कार दिने निर्णय गरेको समितिका संयोजक दिलीप थापामगरद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा पुरस्कृत पत्रकारलाई चाँडै नै कार्यक्रम गरी जनही रु ४० हजार नगद राशि र सम्मानपत्र प्रदान गरिने उल्लेख गरिएको छ ।( प्रशिक्षार्थी  )

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।