शुक्रबार, बैशाख ७, २०८१

बाढीपहिरो अपडेट : १२ हजार घर धुरी विस्थापित ,९० को मृत्यु, २९ अझै बेपत्ता

काठमाडौ साउन २, अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको जनाएको छ । त्यस्तै मन्त्रालयले प्राप्त पछिल्लो डाटा अनुसार २९ हराइरहेका र ४१ घाइते भएको सूची प्राप्त भएको जनाएको छ ।

त्यस्तै बाढीपहिरो र डुबानका १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको जनाउँदै मन्त्रालयले वर्षा कमभएसैगै प्रभावित क्षेत्रको जनजीवन समेत सामान्य हुँदै गएको जनाउँदै राहत वितरणसंगसंगै अवरुद्ध राजमार्ग खुलाउने प्रयाससमेत जारी रहेको र

बुधबार मात्र सरकारी उच्चस्तरीय टोलीले तराईको डुवान तथा बाढीको हवाई एवं स्थलगत निरीक्षण गरी स्थानीय अधिकारीमार्फत हालको अवस्था र राहत वितरण कार्यबारे जानकारी लिएको गृहमन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।