शनिबार, बैशाख ८, २०८१

पर्वत काङ्ग्रेसका सचिव श्रेष्ठको मृत्यु प्रकरणको छानबिन गर्न माग

काठमाडौ साउन १३, नेपाली काँग्रेसले राजधानीको बालाजुको माछापोखरीस्थित माछापोखरी सपिङ सेन्टरको ८औं तलाबाट हामफालेर आत्महत्या गरेको भनिएका पर्वत काङ्ग्रेसका जिल्लाकार्यसमिति सचिव एवम मालपोत कार्यालय पूर्व नासु युक्तप्रसाद श्रेष्ठको मृत्युप्रति प्रार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेस मुख्यालयले आज एक विज्ञप्ति जारी गर्दै घटनास्थलको प्रकृति हेर्दा ८ तलाबाट खसेको भनिनु, घटनास्थलमा रगतसमेत नदेखिनु, शरीरको कुनै पनि भागमा चोटपटक र अङ्गभङ्ग नहुनु जस्ता कुराले घटनालाई रहस्यमय र शंकास्पद बनाएको उल्लेख गर्दै घटनाको यथार्थ छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । त्यस्तै विज्ञप्तिमा घटना लगत्तै प्रहरीको हवला दिँदै आत्महत्या हो भनेर सञ्चार माध्यमहरुमा सम्प्रेषित समाचार आफैमा ससंयपूर्ण रहेको उल्लेख गरिएको छ ।

त्यस्तै श्रेष्ठको निधनप्रति काङ्ग्रेस गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा काङ्ग्रेस गहिरो समवेदना प्रकट गरेको छ ।

श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । सचिव श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कारपूर्व नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै  नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा उहाँले पु¥याउनुभएको सक्रिय योगदान पार्टीमा सदैव स्मरणीय रहिरहने  बताउँनु भएको  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।