शुक्रबार, चैत्र १६, २०८०

नव नियुक्त पर्यटन, नागरिक तथा उड्ययन मन्त्री भट्टराईको सपथ

काठमाडौं साउनन १५ , प्रधानमन्त्री केपी ओलीले तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएको पाँच महिनापछि ताप्लेजुुङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद योगेश भट्टराईलाइ पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका छन । यसअघि प्रधानमन्त्री केपी ओलीले स्वयमले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार सासंद भट्टराईले सम्हाल्ने गरि आज उहाँलाइ मन्त्री नियुक्त गर्नु भएको हो ।

नवनियुक्त पर्यटन मन्त्री भट्टराईलाइ आजैराष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराउनुुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले नव नियुक्त मन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनः, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । साथै संवैधानिक निकायमा प्रमुख, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा सचिवालय सदस्य वामदेव गौतम लगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।