शनिबार, बैशाख ८, २०८१

दुई किलो सुनसहित तामाङ पक्राउ

काठमाडौ साउन ५,  नेपाल प्रहरीले भैरहवाबाट काठमाडौ आउँदै गरेको लु२ख ६५२ नंको यात्रुवाहक बस जाँच गर्ने क्रममा नागढुङ्गाबाट दुई किलो सुनसहित गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसी घर भएका भीमबहादुर तामाङलाइ पक्राउ गरेका छन ।

प्रहरीका अनुसार चेक जाँचको क्रममा तामाङले कपडाले कम्मरमा बाँधेर ल्याएको अवस्थामा बसमा सवार तामाङ सुनसहित पक्राउ परेको जनाउँदै पक्राउ परेका तामाङलाई आवश्यक कारवाहीका लागि आज राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।