शुक्रबार, चैत्र १६, २०८०

आन्तरिक अन्तरघात गर्ने २३ जना नेता तथा कार्यकर्तामाथि कारवाही

काठमाडौ साउन ६ , काँग्रेसको केन्द्रीय अनुशासन समितिले आज पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिने जस्ता गतिविधिमा संलग्न थप २३ जनालाई कारवाही गरेको छ

समितिले पार्टीभित्र यस किसिमका आन्तरिक अन्तरघातका कारण २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं सङ्घीय संसद्को निर्वाचनमा पराजय व्यहोर्नु परेको निष्कर्ष सहित यस्ता गतिविधि गर्ने नेता तथा कार्यकर्ताको  नाम सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिदै सोलुखुम्बुमा २०, रौतहटमा २ र दैलेखमा १ जना त्यस्ता नेता कार्यकर्तालाई कारवाही गरेको हो ।

त्यस्तै समितिका संयोजक भीष्मराज आङ्देम्बेले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी भएकाहरुको नामावली हालसम्म समितिमा पठाउन बाँकी जिल्लालाई तत्काल नामावली पठाउनसमेत निर्देशन दिएको छ । स्मरण रहोस ,समितिले यसअघि पहिलो चरणमा २३५ र दोस्रो चरणमा ४० जना नेताकार्यकर्तालाई कारवाही गरिसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।