बुधबार, बैशाख १२, २०८१

आज विपीको ३७ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौ साउन ६,  आज मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७ औँ स्मृति दिवस मुलुकको प्रजातान्त्रिक आन्दोलमा उहाँको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  बिभिन्न कार्यक्रम गरी मनाउदैछन् ।
विसं १९७१ सालभाद्र २४ गते भारतको बनारसमा जन्मेका कोइरालाको क्यान्सर रोगका कारण २०३९ साल श्रावण ६ गते आजकै दिन निधन भएको थियो ।  २००७ सालमा १०४ बर्षीय जहानीया राणशासनबिरुद्ध जनक्रान्तीको नेतृत्व गर्दै मुलकुमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गर्नु भएको थियो ।

मुलुकको परिवर्तनमा मात्र नभएर भारतीय स्वतन्त्रताको आन्दोलनमा समेत सहभागी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका एक आर्दश एवम् धरोहर मानिन्छ । उहाँ  २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भएका थिए ।  तर कोइरालाको जननिर्वाचित सरकारले १८ महिना पनि बिताउन नपाउँदै तत्कालीन राजा महेन्द्रले सेनाको शक्तिका भरमा सत्ताच्युत गरी कोइरालालगायत नेतालाई जेल हाल्नुभयो । विसं २०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री कोइराला, संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंहलगायत नेतालाई केही महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाइएको थियो ।

मृत्युदण्ड सहितको मुद्दाको पनि कुनै पर्वाह नगरी ०३३ सालमा भारतवाट मेलमिलापको निती सहित स्वदेश फर्किका विपिले २०१७ सालमा खोसिएको प्रजातन्त्रको पुनः प्रजातन्त्र स्थापनामा सक्रिय रहँदारहँदै अवस्थामा २०३९ श्रावण ६ गते उहाँको दुःखद निधन भएको थियो ।

बहुआयामिक प्रतिभाका धनी एवम् मनोविश्लेषणवादी साहित्यकारकारुपमा समेत परिचित विपिका ‘तीन घुम्ती’, ‘सुम्निमा’,‘मोदी आइन’, ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘हिटलर र यहुदी’ ‘नरेन्द्र दाइ ’लगायत साहित्क्किृती उहाके जेल जीवनलगायत विषयमा उहाँसँग गरिएको कुराकानीमा आधारित ‘आत्मवृतान्त’ सुन्दरीजल बन्दी गृहमा लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ पुस्तक बहुचिर्चित रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।