बिहिबार, बैशाख १३, २०८१

५ सय वर्षभन्दा पुरानो घडी घरको नामले चर्चित गुठीघर बचाउन हस्ताक्षर संकलन अभियान

काठमाडौ जेठ १९,  राजधानीको नुन देखि सुन सम्म पाइने अति व्यस्त बजार असनस्थित घडी घरको नामले चर्चित ५ सय वर्षभन्दा पुरानो   गुठीघर बचाउन स्थानीयबासीले हस्ताक्षर संकलन अभियान शुरु गरेका छन् ।

गुठी संस्थानले उक्त गुठी घर भत्काएर व्यापारिक कम्पलेक्स बनाउने तयारी गरेपछि स्थानीयले विरोध गर्दै हस्ताक्षर संकलन लगायतका विरोधका अभियान शुरु गर्दै आइरहेका छन ।

गुठीघर बचाउ संघर्ष समितिको नेतृत्वमा हस्ताक्षर संकलन अभियान संचालन गरिएको हो । प्रस्तुत गुठीघरमा पुरातात्विक महत्वको बौद्ध चैत्य र करिब ५ सय वर्ष पुरानो अमिताभ बुद्ध मूर्ति रहेको अशोक वृक्ष विहार रहेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।