बुधबार, बैशाख १२, २०८१

सरोकारवालाहरुले भने – गुठी सम्बन्धि संशोधन गर्न बनेको विधेयक धर्ममाथिको नियोजित षड्यन्त्र

काठमाडौ जेठ १९, गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ माथि सम्वद्ध सरोकारवालाले विमति प्रकट गरेका छन ।  राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन रहेको विधेयक मुलुकमा सनातन कालदेखि चल्दै आएको गुठी परम्परा र धर्म सस्कृती माथिको नियोजित प्रहार भएको भन्दै सरोकारवालाहरुले विधेयकप्रति असहमति जनाएको हो ।

स्मरण रहोस गत वैशाख १९ गते राष्ट्रियसभा सचिवालयमा भूमी व्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले दर्ता गरेको विधेयकमा गुठी संस्थानलाई खारेज गरेर प्राधिकरण गठन गर्ने र प्राधिकरण मातहत देशभरका सबै गुठी ल्याउने प्रस्ताव गरिएको छ ।

आज राजधानीमा नेपाल गुठी संरक्षण पुचः द्दारा आयोजित अन्र्तत्रियामा विभिन्न गुठीगानासंग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने सरोकोरवाला व्यक्तिहरुले सम्बन्धित व्यक्तिसंग कुनै औपचारिक वा अनौपचारिक छलफल नै नगरी एकपक्षीय ढंगले विधेयक ल्याइएको भन्दै राज्यको निती र नियती प्रति विमति प्रकट गर्दै पुचःका अध्यक्षसमेत रहेका शिक्षाविद् केदारभक्त माथेमाले विचाराधीन विधेयक गुठीलाई मात्र नभइ सनातनदेखि चलिरहेको हिन्दू धर्ममाथिको नियोजित षड्यन्त्र भएको बताउँनु भएको छ ।

त्यस्तै अन्र्तक्रियामा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव समेत रहेका संस्कृति विद गोविन्द टण्डनले गुठी भनेको जग्गा मात्र होइन । यो सम्पदा, संस्कृति पनि भएको बताउँदै गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले भूमाफियाको चाहनाअनुसार सरकारले संसदमा दर्ता गरेको आरोप समेत लगाउँनु भएको छ ।

त्यस्तै अन्र्तक्रियामा वरिष्ठ अधिवक्तासमेत रहेका गुठी संरक्षण पुचःका महासचिव डा भरत जंग लगायत विभिन्न गुठीगाना सम्वद्ध गुठीयारहरुले प्रस्तुत विधेयक जस्ताको त्यस्तै पारित भएमा धर्म संस्कृतिको अन्त्य हुने निश्चित रहेको बताउँदै प्रस्तुत विधेयक ल्याउँनुनैछ भने सम्बन्धीत सरोकारवालासंगको छलफलपछि मात्र ल्याउँनु पर्ने अन्यथा अहिलेको विधेयकआफुहरुका लागि किमार्थ मान्य नहुँने बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।