बिहिबार, बैशाख ६, २०८१

सत्तारुढदल नेकपामा एक व्यक्ति एक पदको अवधारणामा शिर्ष नेतृत्वमा विवाद

जिल्ला इन्चार्ज र सहइन्चार्ज र पोलिट्ब्यूरो गठनमा बढ्यो अन्यौल

काठमाडौं जेठ २२ , नेपाल कम्युनिष्ट पार्टीको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बिहीबार जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने नितिगत सहमति कायम गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय सदस्यको कार्यविभाजन तथा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा बैठकमा घनिभुत छलफल भएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले बिहीबार बिहान ९ बजे बस्ने सचिवालयको बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयको टुङ्गो लगाउँदै बाँकी रहेका साङ्गठनिक एकीकरणका विषयमा छलफल शुरु गरिने जानकारी दिदै गर्दा  बैठकममा शीर्ष नेताहरुबीच एक व्यक्ति एक पद लागू गर्ने वा नगर्ने विषयमा सहमति जुट्न नसकेपछि बैठकले मुर्तता पाउँन नसकेको सहभागी एक नेताले जानकारी दिएका छन । मंगलबारबाट शुरु भएको बैठक प्रस्तुत प्रसंगमा मत मिल्ल नसक्दानै लम्विइको दावी गर्दै इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिने वा नदिने भन्ने सवालमा नेकपाका अअध्यक्षद्दय प्रचण्ड र प्रम ओली र वरिष्ठ नेता नेपालवीच विवाद रहेको जनाउ दिएका छन ।

यद्यपी बिहीबार बिहान बस्ने बैठकलेले जारी विवादको सम्बोधन बिहीबार बस्ने बैठकले गर्ने सहमति बनेको  बताईएको छ। स्मरण रहोस एक पद एक व्यक्तिको अवधारणा प्रति नेकपाका नेता जो दोहोरो भूमिकामा छन उनिहरु खुल्न चाहेका नचाहेका कारण इन्चार्ज र सहइन्चार्ज मात्र नभइ पोलिट्ब्यूरो गठन र विभागको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31