बिहिबार, चैत्र १५, २०८०

वरिष्ठ फोटोग्राफर श्रेष्ठको मेरो जीवन चित्र विमोचित

काठमाडौं जेठ १८ , वरिष्ठ फोटोग्राफर मंगल मोहन श्रेष्ठको मेरो जीवन चित्र आज राजधानीमा एक कार्यक्रमकावीच वरिष्ठ संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गर्नु भएको छ ।

लोकार्पण कार्यक्रममा वोल्दै शताब्दी पुरुष जोशीले वरिष्ठ फोटोग्राफर श्रेष्ठको फोटोग्राफीको इतिहासमा एक नयाँ अध्याय भएको बताउँदै उहाँ तत्कालीन राजदरबारसँग सम्बन्धित फोटोग्राफर भएकोले यो पुस्तक एक इतिहास भएको पुस्तकमा तत्कालीन दरवारको राजनीतिक चित्र पनि प्रस्तुत भएको बताउँनु भएको छ ।

त्यस्तै लेखक श्रेष्ठले उच्च शिक्षा अध्ययन गर्न थालेदेखि नै लेखन प्रति रुचि रहेतापनि साहित्य लेखनलाई निरन्तरता दिन नसके जिवनयापनको क्रममा आफुना डायरीमा लेखिएका आत्मकथा आज पुस्तकको प्रारुपमा ल्याउँन पाएकोमा खुशि व्यक्त गर्दै यसवीचमा सहयोग सम्वद्ध सवैमा उहाँले धन्यवाद ज्ञापन गर्नु भएको थियो

त्यस्तै लेखक श्रेष्ठका बालसखा चन्द्रमान प्रधानले राजदरबारसँग जतिसुकै उठबस गरेपनि लेखकको सादगीपूर्ण जीवनशैलीको प्रशंसा गर्दै उनको कार्यक्षेत्रमा लगनशीलता एवं प्रतिबद्धता सबै व्यक्तिमा पाउनु असम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली चलचित्र जगतकी प्रथम नायिका भुवन चन्द, प्रकाशक मैयाँ श्रेष्ठ, बुद्धिनारायण श्रेष्ठ, कविन्द्र शाक्य लगायतले शुभकामना अभिव्यक्त गर्नु भएको थियो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।