शुक्रबार, बैशाख १४, २०८१

राक्षसहरुको कुकर्म अन्त्य गरिएको सम्झनामा यसरी मनाइन्छ मचाति जात्रा

  • अनुप प्रधान

काठमाडौं असार ११ , तत्कालीन मल्लाराजा यक्ष मल्लले नेपाल सम्वत् ६३४ देखि चलाउन लगाएको मानिने प्रत्येक वर्ष भलाअष्टमीका दिन पशुपतिको जय वागेश्वरी क्षेत्रमा दुई कन्या केटी र एक कुमार केटालाई त्रिशुल क्षेदन गर्दै खटमा राखेर नगर परिक्रमा सहित मनाइने प्रस्तुत जात्रा आफैमा मौलिक एमव फरक किसिमको रहेको पाइन्छ ।

तत्कालीन समयदेखि स्थानीय जनवोलीमा मचाति जात्रा अर्थात बच्चालाई त्रिशुलले घोचेर मनाइने जात्राको रुपमा परिचित यो जात्रा मुलत त्यस समयमा तान्त्रिक विद्यामा निपुण रहेका तत्कालीन सिद्धहस्त तान्त्रिक बन्धुदत्त आचार्य जामाचो जंगलका राक्षसले पशुपति जयवागेश्वरीमा स्थानीय बालबालिकाहरुको हरण गर्दै सिर्जना गरेको  त्रासदीपूर्ण वातावरण अन्त्यका लागि राजादेश अनुसार सिर्जना गरेको वातावरण अर्था बच्चा हरण गर्ने राक्षस तर्साउन बालिकालाई त्रिशुल रोपेको दृश्य देखाउन थालिएको र त्यसपछि राक्षसले त्यसपछि बच्चा हरण गर्न छोडेको बताइन्छ ।

समग्रमा राक्षसहरुको कुकर्म अन्त्य गरिएको सम्झनामा मनाइने जात्रासंग जोडिएको अर्को उक भनाइ अनुसार जात्राको क्रममा तत्कालीन सिद्धहस्त तान्त्रिक बन्धुदत्त आचार्यको शव यात्रा समेत गराइन्छ। यस्तै वन्धुदत्तको प्रतिकका रुपमा उनले बोक्ने त्रिशुलमा पुराना कपडा राखे त्यसलाई शव यात्राका क्रममा नगर परिक्रमा गराइने गरेको छ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।