शुक्रबार, चैत्र १६, २०८०

बाबुरामको कटाक्ष : कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला

Former prime minister Baburam Bhattarai is preparing to launch his new party — Naya Shakti Nepal — on June 12. He spoke to Ram Kumar Kamat on how he wanted to develop his party as an alternative force that can truly unify the country and take it to the level of developed nations in 25 years. Photo: THT

काठमाडौं असार ९, पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता गगन थापाले गोरखाको पालुङटार मा तत्कालीन नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराईले कांग्रेसजनको मतले चुनाव जिते, तर चुनाव जितेपछि कांग्रेसलाई नै तथानाम गाली गर्न थालेकोमा विमति प्रकट गर्दै नेता थापाले क्षमापूजा गरेर चुनावी भूलको काँग्रेसले प्रायश्चित गर्ने सवालमा दिएको अभिव्यक्तिको तिव्र कटाक्ष गरेका छन ।

स्मरण रहोस २०७४ सालको निर्वाचनमा गोरखामा नेपाली कांग्रेस र तत्कालीन नयाँ शक्ति पार्टीबीच चुनावी गठबन्धन गर्दै बाबुरामले चुनाव जितेका थिए ।

पूर्व प्रधानमन्त्री तथा पछिल्लो समय नयाँ शक्तिपार्टीलाइ उपेन्द्र यादव नेतृत्वको पार्टीमा विलय गराउँदै नवगठित समाजवादी पार्टीका नेता बनेका डा.बाबुराम भट्टराईले गउराती काँग्रेस लक्षित ट्वीट गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बिपीको मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा लिएपछि डा. भट्टराईले गएराति कांग्रेसलाई सुझाव दिएका छन्, ‘बिपीलाई अब राप्रपाले अपहरण गरेछ । बिपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो । बिपीको आत्माले के भन्दै होला रु कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला । हामी साथ दिन तयार छौं ।’
भन्नेका छन ।

साथै कांग्रेसका साथीहरुले चुनावी तालमेलको राजनीति बुझ्नु राम्रो होला, गोरखा र रसुवामा नयाँ शक्ति र नेपाली कांग्रेसबीच तालमेल भएको हो । गोरखा–२ मा नयाँ शक्ति र रसुवामा नेपाली कांग्रेसले जितेको हो । नयाँ शक्तिको समर्थन विना नेपाली कांग्रेसले रसुवामा जित्ने थिएन भन्ने चाहीँ किन बिर्सेको रु एकता र विरोध दुवै हुन्छ है लोकतन्त्रमा भन्ने जवाफ समेत पदएक छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।