बुधबार, बैशाख १२, २०८१

प्रम ओलीले हुकुमी शैलीमा शासन गर्दै आएको  सासंद भुसालको आरोप

विश्वविद्यालय विकृति र विसङ्गतिको प्रमुख केन्द्रबन्दै गएकोमा चिन्ता

काठमाडौ असार ९ प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा वोल्दै सांसद अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयका बारेमा आजै छापामा आएको समाचारतर्फ सदनको ध्यानाकषर्ण गराउँदै पछिल्लो समय शिक्षण संस्था विकृति र विसङ्गतिको प्रमुख केन्द्रबन्दै गएकोमा चिन्ता प्रकट गर्नुभएको छ ।

विश्वविद्यालयका गोप्य शाखाका कर्मचारीको मिलेमतोमा कम नम्बर ल्याउनेलाई नम्बर थपेर स्वर्णपदक दिलाउँने जस्तो बदनियत एमव चोर काम भएको भन्दै प्रस्तुत अभिव्यक्ति दिनु भएको छ । आज कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेख भएअनुसार नौ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाने जस्तो शैक्षिक अपराध भएको उल्लेख गरिएको छ ।

त्यस्तै सांसद गगन थापाले वन जङ्गल फाँडेर होटल, रिसोर्ट र सफारी बनाउने सोच गलत भएको जनाउ दिदै सम्वद्ध मन्त्रीले आफु अनुकुल ऐनमा नभएको विषय कार्यविधिमा थप्नु आफैमा अराजकताको पराकाष्ठा भएको जिकिर गर्नु भएको छ । त्यसैगरि सांसद जिपछिरिङ लामाले लोकसेवा आयोगले समावेशी सिद्धान्तअनुसार विज्ञापन नगरेकाले खारेज गर्न माग गर्दै यदि विज्ञापन खारेज नभए फेरि देशमा आन्दोलन शुरु हुने प्रवल संभावना रहेको तर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

यसैवीच बैठकको शून्य समयमा आफ्नो धारण राख्ने क्रममा सांसद पुष्पा भुषालले प्रधानमन्त्री केपी ओलीले विधिको शासनको ठाडो उल्लङ्घन गरी हुकुमी शैलीमा शासन गर्दै आउनुभएको आरोप लगाउँनु भएको छ । त्यस्तै सासंद भुसालले उपचारका क्रममा रहेका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाल्ने र नेल लगाउने कारागारका कर्मचारीलाई कारवाही गर्न ठाडो आदेश दिनु भनेको हुकुमी शैली भएको भएको जिकिर गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।