शुक्रबार, बैशाख ७, २०८१

नगर प्रमुखको धम्की प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप : महासङ्घ

काठमाडौं जेठ २२, नेपाल पत्रकार महासङ्घले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु”, भन्दै दिएको धम्कीको विरोध जनाएको छ । मंगलवार मेयर चौधरीले पत्रकार अनुपमसँग टेलिफोन संवाद गर्नेक्रममा तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु”, भनेर धम्की दिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विज्ञप्तिमा राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिनु भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप एवम् प्रचलित कानूनको समेत उपहास भएको जनाएको छ ।

त्यस्तै महासङ्घले घटनाको घोर भत्र्सना गर्दै धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्न वातावरण बनाउँन महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यसैवीच जेठ २१ गते राति पत्रकार महासङ्घ धनकुटा शाखाका सदस्य दिलबहादुर (आशिष) राईलाई अज्ञात समूहले कार्यालयमा काम गरिरहेको अवस्थामा कुटपिट गर्दा उहाँको टाउकोमा गम्भीर चोट लागी धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।  महासङ्घले उक्त घटनामा संलग्नको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन तथा पत्रकार राईको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31