शुक्रबार, बैशाख ७, २०८१

धान दिवसको अवसरमा खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्दै

दहीच्यूरा खाँदै असार १५ मनाउँदै

काठमाडौ असार १५,  असार १५ अर्थात धान दिवसको अवसरमा मुठी खाएर मुरी उब्जाउने लक्ष्य सहित आज युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्दै ।

यसैवीच त्यसोत असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वको रुपमा पनि मनाइन्छ ।   असार १५ लाई धान महोत्सवका   साथै  दही चिउरा खाने दिनका रुपमा पनि  मनाइरहेका छन । धान दिवसको क्रममा असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोप्दै रोपाइको थकानबाट शक्तिप्राप्ति गर्नका लागि दही च्यूरा खाने गरिएको सम्वद्ध पक्षले जानकारी दिएका छन ।

दही च्यूराले शरीरमा शीतलता प्रदान गर्दै शक्ति सञ्चय गर्ने विश्वास सहित असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा मनाउँन थालिएको हो ।

तर आजको दिन खेतीपातीबाहेक अन्य पेशा र व्यवसाय आवद्ध नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण कार्यको अलावा पखालाका कारण विसिन्चो भएको अवस्था दही च्यूरा लाइ औषधिको प्रारुपमा ग्रहण गर्ने परम्परा नेपाली समाजमा विद्यमान रहदै आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।