बुधबार, बैशाख १२, २०८१

देशभर मनसुन सक्रिय: काठमाडौं उपत्यका सहित पूर्वमा भारी वर्षाको सम्भावना

काठमाडौ असार १५,  जल तथा मौसम पूर्वनुमान महाशाखाले मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु हुने क्रम बढेको जनाएको छ ।
त्यस्तै महाशाखाले देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोे औल्याउँदै आगामी तीन दिन काठमाडौँ उपत्यकासहित पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरो जानसक्ने संभावना प्रति सचेत रहन भनेका छन ।

साथै मौसम पूर्वनसमान महाशाखाले आइतबार देशैभर सामान्य बदली भई पूर्व र मध्यका केही स्थानका साथै पश्चिमका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको त्यस्तै सोमबार देशभर सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।