शुक्रबार, बैशाख १४, २०८१

दुई करोड भन्दा बढी अनाधिकृत सम्पति आर्जन गर्ने तत्कालीन नासु भट्टराईविरुद्ध मुद्दा दायर

काठमाडौ असार ९,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्चनपुर भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध दुई करोड रुपैयाँभन्दा बढी भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा तत्कालीन नायब सुब्बा भट्टराईले सार्वजनिक सेवामा प्रवेश गरेदेखि अनुसन्धानको अवधीसम्म आर्जन गरेको सम्पतिमध्ये दुई करोड ८ हजार रुपैयाँको स्रोत नखुलेको भन्दै अवैध एवम अनियमित सम्पति आर्जन गरेको पाइएको जनाउँदै निज विरुद्ध अवैध सम्पति आर्जन मुद्दा दायर गरेको उल्लेअ गरिएको छ ।

त्यस्तै विज्ञप्त्मिा निज भट्टराई उपर अनुसन्धानको क्रममा निजको सम्पति ३ करोड १४ लाख ९९ हजार पाइएकोमा एक करोड १४ लाखमात्रै नियमित र स्रोत खुलेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।