बिहिबार, बैशाख ६, २०८१

ठमेलको विकासका लागि स्थानीय सरकार र व्यवसायीको उत्तिकै जिम्मेवारी : अध्यक्ष रिजाल

काठमाडौं जेठ २५, ठमेल पर्यटन विकास परिषद्को २४औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा काठमाडौ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले ठमेलको विकासका लागि स्थानीय सरकासँगै व्यवसायीको पनि उत्तिकै जिम्मेवारी र दायित्व रहेको बताउनुभएको छ ।

त्यसतै उहाँले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलको विकासका लागि व्यवसायस्संगको सहकार्य सहित यहाँ विद्यमान यावत विकृति, विसङ्गति अन्त्य गर्दै सुन्दर ठमेल निर्माण प्रतिवद्ध रहेको समेत बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा परिषद्का अध्यक्ष समीर गुरुङले पूर्वअध्यक्ष रामशरण थपलिया लगायतले छ हजारभन्दा बढी व्यवसायी रहेको ठमेललाई २४सै घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि पहलकदमी आवश्यक रहेको बताउँदै यसमा परिषदले महत्वपूर्ण भुमिका खुल्न आवश्यक रहेको बताउँनु भएको छ । त्यस्तै आजको साधारणसभाबाट १५ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गर्ने कार्यक्रममा जानकारी दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।