शुक्रबार, बैशाख १४, २०८१

जेष्ठ २५ मा स्वयम्भुराज शाक्य सांगीतिक साँझ

ललितपुर जेठ १८,  सांगीतिक क्षेत्रका वरिष्ठ गायक स्वयम्भूराज शाक्य सांगीतिक साँझ जुजु वेयर्स ओ प्रिय लिफः स्वयाः को आयोजना गरिने भएको छ ।

यसअघि मुदिता सेवा गृहको सहयोगार्थ आरोह सन्ध्या तथा नारायण गोपालको सम्झनामा स्वयम्भूराज शाक्य एकल साँझ जस्ता महत्वपूर्ण कार्यक्रम मार्फत आफ्नो प्रस्तुति दिइसकेका गायक शाक्यको यो पछिल्लो कार्यक्रम आगामी २५ गते शनिबार साँझ ललितपुरको मंगलबजार आयोजना गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा मंगल इन्टरटेन्टमेन्टको आयोजनामा वरिष्ठ गायक शाक्यको जन्मस्थल हःखा मंगलबजारमा हुने प्रस्ुतत सांगीतिक कार्यक्रममा संगीता शाक्य, नीशा देशार सूमन कपाली, चन्द्रमान शाक्य, अनु शाक्य र प्रियंका शाक्यको साथमा गायत तथा संगीतकार भूपेन्द्र बज्राचार्यको संगीत संयोजनमा ८ जना वाद्यवादकको लाइभ स्टेज प्रोग्राम हुने जानकारी दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।