बिहिबार, बैशाख १३, २०८१

इपिएस कोरियन भाषामा उत्तीर्ण सफल विद्यार्थीलाई मार्ग निर्देशन

भक्तपुर असार १४ , इपिएस कोरियन भाषा परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई मार्गनिर्देशन तथा बधाइ कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर रफत सञ्चार क्लवमा आयोजित मार्गनिर्देशन कार्यक्रममा अल्फा कोरियन तथा जापानिज भाषा स्कुलले इपिएस कोरियन भाषामा उत्तीर्ण हुन सफल विद्यार्थीलाई मार्ग निर्देशन तथा बधाइ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका नेपालका लागि इपिएस प्रतिनिधि तथा विश्व भाषा क्याम्पस प्रमुख एवं कोरियन भाषाविज्ञ थानेश्वर बञ्जाडेले भाषा सिकाईमा सफलता हाँसिल गर्ने विद्यार्थीलाई कोरियाका विषयमा मार्ग निर्देशन र विविध विषयमा जानकारी दिनु दिदै कुनै पनि क्षेत्रमा विज्ञता हासिल गर्न लगनशिल भएर लाग्नु पर्ने र कोरियन भाषामा समेत यसको लागू हुने भएकाले विद्यार्थीहरुले यस तर्फ समेत लगनशिल भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा पत्रकार ऋषि धमला ,रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापा अल्फा कोरियन भाषाका प्रशिक्षक उमेश श्रेष्ठ, अर्जुन कुमार बस्नेत, ढाल बहादुर खड्का, लक्ष्मी खड्का, लगायतले कोरियन भाषामा सफलता हासिल गरेका विद्यार्थीहरुलाई शुभकामना बधाइ दिएका थिए ।  त्यस्तै अल्फा कोरियन भाषाका संस्थापक राजेन्द्र कुमार मोक्ताङले भक्तपुरमा खोलिएको यो भाषा स्कुलले दक्ष विद्यार्थी उत्पादनमा उल्लेख्य सफल भूमिका निर्वाह गर्न सकेको बताउनुभएको प्राप्त समाचारमा उलेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।