बिहिबार, चैत्र १५, २०८०

आज बाट मनसुन शुरुः देशभर फैलिन केही दिन लाग्ने

काठमाडौं असार ५ , जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा विहिहिवारबाट देशमा मनसुन शुरु भएको जनाएको छ । यद्यपी मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने महाशाखाको जनाउ रहेको छ ।

यस वर्षको मनसुन पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको जनाउँदै महाशाखाले जुनदेखि सेप्टेम्बरसम्म चार महीनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मान्ने गरिएको जनाएको छ ।

त्यस्तै महाशाखाले यस वर्षको मनसुनी वर्षा नेपालका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम हुने अनुमान रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।