मङ्लबार, बैशाख ११, २०८१

आज असार १५: विविध कार्यक्रम सहित १६ औं राष्ट्रिय धान दिवस मनाइदै

काठमाडौं असार १५ , विगत एक दशक यता देखि प्रत्येक असार१५ गतेका दिन मनाउँदै आईरहेको राष्ट्रिय धान दिवस आज  धान खेतीमा प्रविधी, यान्त्रिकरण चामल आयातमा न्यूनिकरण भन्ने मुल नारा सहित  ‘ १६ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै गरेको धान दिवसका दिन धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरे यता  नेपालमा पनि यो दिवस मनाउँन सुरु गरिएको हो  ।

धान दिवसका अवसरमा आज ललितपुरको खुमलतारमा कृषि विकास मन्त्रालय अन्तएगत नेपाल कृषि अनुसन्धान परिषद, राष्टिय कृषि अनुसन्धान परिषद र बाली विज्ञान महाशाखाले दिवस सम्बन्धी कार्यक्रम त्यस्तैगरि विभिन्न जिल्लामा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रमको आयोजना गरिदै छ ।

यसैवीच कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको जनाउ दिएका  छन । उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने नीति सरकारको रहेको जानकारी दिएका छन । मुलत मुठी खाएर मुरी उब्जाउने लक्ष्य सहित मनाइने यो दिवसमा दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाउँदै रमाउँने गर्दछ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।