मङ्लबार, बैशाख ११, २०८१

१५ लाख प्रतिबन्धित भारतीय नोटसहित छ पक्राउ

काठमाडौ बैशाख ३१, महानगरीय प्रहरी परिसर काठमाडौँले १५ लाख ९० हजार ५०० प्रतिबन्धित भारतीय रुपैयाँसहित छ जनालाई पक्राउ गरेको छ । नेपाल तथा भारतमा कारोवार गर्न बन्देज गरिएको भारतीय एक हजार र ५०० दरका नोट बोकी विभिन्न प्रलोभन देखाई सर्वसाधारणलाई ठगी गर्न सक्रिय रहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई कामपा–१६ नयाँबजारस्थित होटल मेट्रो इनबाट गएराति पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का २१ वर्षीय शम्भु परियार, दोलखाको तामाकोशी गाउँपालिका–३ का २३ वर्षीय रामविक्रम खड्का, कास्कीको पोखरा महानगरपालिका–५ का ४० वर्षीय सन्तोष थाापा, बागलुङको बडिगाड गाउँपालिका–५ का ३२ वर्षीय नवीन थापा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का ३६ वर्षीय राजेन्द्र तामाङ र सोही ठाउँका ३७ वर्षीय धनध्वज तामाङ रहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।