शुक्रबार, बैशाख ७, २०८१

स्थायी राजधानीको छलफल प्रस्तावले प्रवेश पाएसंगै अवरुद्ध प्रदेशसभा बैठक सुचारु

काठमाडौं जेठ १ , प्रदेश नं ३ को प्रदेशसभाको मंगलवार बसेको बैठकमा प्रदेशको स्थायी राजधानीको छलफल प्रस्तावले प्रवेश पाएसंगै केहि दिनयता देखि अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक सुचारु भएको छ ।

बैठकमा सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घलेले सर्मथनमा प्रस्ताव पेशगरेसंगै बैठक सुचारु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसअघि प्रतिपक्षीदल काङ्ग्रेसले प्रदेशसभाले आफ्नो स्थापनाको डेढ वर्ष पूरा गरिसक्दा पनि स्थायी राजधानी नटुङ्ग्याएको भन्दै प्रदेशसभाको बर्खे अधिवेशनको पहिलो दिन नै संसद् अवरुद्ध गरेको थियो । तर प्रस्तावित विषयमा दलीय सहमति कायमभए पछि स्थायी राजधानीका लागि प्रक्रियासमेत शुरु गर्दै अर्को बैठकमा बृहत छलफल गर्ने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930