शुक्रबार, चैत्र १६, २०८०

सुमार्गीको ८१ करोड रकम तत्काल फुकुवा नगर्न सर्वोच्चको परमादेश

काठमाडौ जेठ १४ , सर्वोच्चका प्रन्या चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलासले आज अजय सुमार्गीको विदेशबाट आएको ७५ मिलियन अमेरिकी डलर अर्थात नेपाली करिव ८१ करोड रकम रुपैयाको सवाल सम्पत्ति शुद्धीकरण ऐन उल्लङ्घन गरी आएको हो वा होइन ? सम्बन्धित निकायबाट कारवाही गर्नुपर्ने हो वा होइन सोको पूर्ण निक्यौल नभएसम्मका लागि फुकुवा नगर्न परमादेश जारी गरेको छ ।
व्यवसायी सुमार्गीको कम्पनी मुक्तिश्री सिमेन्टले बैंकमा फ्रिज रहेको रकम फिर्ता पाउँ भन्दै दायर गरेको परमादेश मागको रिट खारेज गर्दै प्रस्तुत आदेश जारी गरेको हो ।  त्यस्तै सर्वोच्चद्दारा अआज जारी आदेशमा व्यवसायी सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजका नाममा ल्याएको प्रस्तुत रकम के कुन स्रोतबाट आएको हो साथै रकमको वैधता समेत जाँचबुझ गरी कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म प्रत्येक महीना प्रगति विवरण सर्वोच्च अदालतअन्तर्गत फैसला कार्यान्वयन निर्देशानालयमा पठाउन भनेको छ ।

यस अघि तत्कालीन न्यायाधीश दीपकराज जोशीले सुमार्गीको पक्षमा अल्पकालीन आदेश जारी गर्दै उक्त रकम नरोक्न आदेश दिएसंगै एक साताभित्रै नेपाल इन्भेष्टमेन्ट बैंकबाट पैसा झिकेर अन्य बैंकमा डिपोजित गरेका थिए । तर प्रधान न्यायाधीशमा नियुक्त भएपछि चोलेन्द्र शम्शेर राणाले उक्त आदेश उल्ट्याउँदै इन्भेष्टमेन्ट बैंकबाट झिकेको रकम पुन बैकमा डिपोजित गर्न आदेश जारी गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।