शुक्रबार, चैत्र १६, २०८०

सार्वजनिक शिक्षा सुदृढीकरणको कार्यक्रम “प्रतिध्वनिको आयोजना हुने

काठमाडौं जेठ १,  सार्वजनिक शिक्षा सुदृढीकरणको पक्षमा सिर्जनात्मक ढङ्गबाट खबरदारी गर्ने उद्देश्यले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा जेठ २ गते राजनीतिक दलका शीर्षस्थ नेताहरुद्धारा विशेष सम्बोधन तथा सर्वनाम नाट्य समूह���ो आकर्षक प्रस्तुति ‘प्रतिध्वनि’ कार्यक्रमको आयोजना हुने भएको छ ।

नेपालको सार्वजानिक शिक्षाको अवस्थाको बारेमा कलात्मक तरिकाले प्रस्तुत गर्ने तथा समग्र शिक्षा अधिकारको सावलमा सरकार तथा राजनीतिक पार्टीहरुको प्रतिवद्धता लिने उद्देश्यले प्रस्तुत कार्यक्रको आयोजना हुन लागेको आयोजक संस्थाले जनाएको छ ।

आयोजक संस्थाका अनुसार कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व उप—प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता श्री कृष्णप्रसाद सिटौला, राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डका सदस्य राजेन्द्र महतो, समाजवादी पार्टी नेपालका उपमहासचिव श्री डम्बर खतिवडा लगायतको विशेष सम्वोधन हुने बजनाएको छ ।

त्यसतै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं शिक्षाविद् केदारभक्त माथेमा संघिय तथा प्रदेश सभाका सभासद्हरु, स्थानिय सरकारका प्रतिनिधि , द्धिपक्षीय एवं वहुपक्षिय निकाय वा प्रतिनिधि र विकासका साझेदार संघसंस्था, पत्रकार, नागरिक समाज, विज्ञसमूह, शिक्षक, विद्यार्थी, शिक्षाविद्, कलाकार, अभिभावक तथा शिक्षामा सरोकार राख्ने अन्य सरोकारवाला व्यक्तिहरु गरि करिव १२०० जनाको सहभागीता रहने अपेक्षा गरिएको संस्थाका अध्यक्ष कुमार भट्टराईद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।