बिहिबार, बैशाख १३, २०८१

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र टीकाराम कामी र कोषाध्यक्ष रु पाँच लाख घुस रकम सहित पक्राउ

काठमाडौं,बैशाख २९ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामीडाँडा सामुदायिक वन उपभोक्ता समिति बाँकेका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुनालाई रु पाँच लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । सामुदायिक पनको काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा अध्यक्ष कामी र कोषाध्यक्ष खुनालाई पक्राउ गरिएको आयोगले जनाएको छ । 

त्यस्तै हायोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार जग्गाको क्षेत्रफल मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोगले आजै रु २० हजार घुस सहित नवलपरासीमा कार्यरत नापी सर्वेक्षण छत्रबहादुर ठकुल्लालाई पक्राउ गरेको छ ।

त्यस्तै बेहडाबाबा उच्च माध्यामिक विद्यालय कैलालीका तत्कालीन प्राधानाध्यापक गोविन्दराज ओझाले गैरहाजिरीमा रहेका शिक्षकका नाममा गलत तवरले तलबभत्ता लिदै रु ११ लाख ४२ हजार २७२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा र प्रहरी किताबखाना लैनचौरमा कार्यरत सुरज केसीले निवृत्तिभरणको अधिकारपत्र बनाउने प्रयोजनाका लागि सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोगमा त्यस्तै कोटहीमाई प्रावि कपिलवस्तुका शिक्षिका नन्दनी श्रीवास्तवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।