बिहिबार, बैशाख १३, २०८१

सरकार नेपाली प्रेस जगतको हितविपरित जाने कल्पना समेत गर्न सकिन्न :नेता नेपाल

काठमाडौं जेठ ६ , नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले गत वैशाख २६ गते संसदमा दर्ता गरिएको मिडियासम्बन्धी विधेयकका विषयमा पार्टीमा कुनै छलफल नगरी विधेयक संसदमा दर्ता गरिएकै कारण समस्या सिर्जना भएको बताउँनु भएको छ ।

नेता नेपालले प्रेस सङ्गठन दाङद्दारा आयोजित पत्रकार सम्मेलनमा वोल्दै विधेयक दर्ता गराउँनु पूर्व सरोकारवाला संघसंस्थासंग आवश्यक छलफल नगरी एकतर्फीरुपमा विधेयकको चर्चा शुरु भएकै कारण चौतर्फी विवाद भएको जनाउ दिनु भएको छ । यद्यपी सरकार नेपाली प्रेस जगतको हित विपरित जाने कल्पना समेत गर्न नसकिने बताउँदै विधेयकमा रहेका पत्रकारको हित विपरीतका प्रावधान सच्याइने बताउँनु भएको छ ।

तर प्रेस जगतले पनि पछिल्लो समय अराजकप्रारुपमा प्रदर्शन गर्दै आएको बहुलठठी पनलाइ सच्याउन आवश्यक रहेको बताउँनु भएको छ ।साथै उहाँले पत्रकारिताको नाममा मनपरी लेखनलाइ किमार्थ प्रशय दिन नहुँने बताउँदै यसमा सम्वद्ध संघसंस्था र राज्यले चिन्ताप्रकट गर्नु स्वभावीक रहेको बताउँदै केहि सञ्चारमाध्यम र सञ्चारकमर्मीको गल्तीकाका कारण सवैले तनाव झेल्नुपर्ने अवस्था न्यायोचित नभएको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।