बुधबार, बैशाख १२, २०८१

सनराइज र यूनियन लाइफ इन्स्योरेन्स वीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं बैशाख ३१, सनराइज बैंक र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौता अनुसार सन्राइज बैंकले देश भर रहेका १०५ वटै शाखाबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेको जीवन बीमा योजनाहरm बिक्री गर्न सक्ने जनाएको छ ।

सनराइज बैंकको मुख्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तैग्राहकले सन्राइज बैंकका देशभरीका शाखाबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने र सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।