मङ्लबार, बैशाख ४, २०८१

सनराइज र आइएमई लाईफ इन्स्योरेन्सवीच बैंकास्योरेन्स सम्झौता

काठमाडौ बैशाख १९ , सनराइज बैक आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।
प्रस्तुत सम्झौता अनुसार बैकले  देश भर रहेका आफ्नो १०४ वटै शाखाबाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमाका योजना विक्री  गर्ने अख्तियारी प्राप्त गरेको जारी विज्ञप्तिमा उल्लेअ गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा बैंकको मुख्यालयमा भएको सम्झौता हस्ताक्ष्र तथा आदानप्रदान कार्यक्रममा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलेहस्ताक्षर गर्नु भएको उल्लेख गरिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्धेश्य सहित सनराइजले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।