शुक्रबार, चैत्र १६, २०८०

सञ्चारक्षेत्रले स्वतन्त्र न्यायालयको सम्मान गर्नुपर्नेमा महान्यायाधिवक्ता खरेलको जोड

काठमाडौं  वैशाख २६ / राम चन्द्र प्रजापति,    नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजन एवम प्रेस काउन्सिल नेपाल र गोदावरी नगरपालिकाको सहकार्यमा विहिवार पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण’ कार्यक्रमको आयोजना गरिएको छ ।  प्रशिक्षण् कार्यक्रमको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई प्रभावित पार्ने गरी आमसञ्चार क्षेत्रले न्यायालयको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउँदै प्रेस स्वतन्त्रताको कुरा गरिरहँदा न्यायालयको स्वतन्त्रतालाई पनि ख्याल गर्नु पर्ने बताउँनु भएको छ ।

त्यस्तै प्रेस काउसिन्ल नेपालका कावाअध्यक्ष किशोर श्रेष्ठले सञ्चार क्षेत्रको विकाससँगै मौलाएको आचार संहिता विपरितका विकृतिका कारण समाचार लेखनको क्रममा पत्रकारले छनौट गर्ने भाषा र त्यसको प्रयोगबाट कसैलाई चोट पुगेमा एक लाख रुपैया डण्ड संजाय हुने कानुनी व्यवस्था राज्यले ल्याउँन लागेको बताए । साथै उहाँले यसअर्थमा पनि समाचार लेखनको क्रममा आचार संहिताको पालना आफैमा महत्वपूर्ण रहेको बताउनुभएको छ ।   त्यस्तै पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष ज्ञान प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगायतले वोल्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा पत्रकार महासंघ पुर्व अध्यक्ष डा महेन्द्र विष्टले पत्रकार आचार संहिता सम्वन्धी , प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल ,सह प्रशासकिय अधिकृत दिपक खनाल लगायतले भाषा र कारबाही सम्बन्धी प्रशिक्षण दिनु भएको थियोे ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।