शुक्रबार, बैशाख ७, २०८१

संसद सदस्य श्रेष्ठद्दारा निर्वाचन क्षेत्रमा हुँदै गरेको विकास निर्माणको निरिक्षण्

काठमाडौं बैशाख २६, काठमाडौं निर्वाचन क्षेत्र न. ८ बाट संघीय ससंदमा प्रतिनिधीत्व गर्नुहुने संसद सदस्य जीवन राम श्रेष्ठको नेतृत्वको प्रतिनिधीमण्डलले आफ्नो निर्वाचन क्षेत्र अन्र्तगतका विभिन्न क्षेत्रमा  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्रमा हुँदै गरेको निर्माणको फेहरिस्त संकलनका साथै   निरिक्षण्   भ्रमण गर्नु भएको छ ।

ससंद सदस्य श्रेष्ठले यस क्रममा उहाँले काठमाडौं महानगरपालिका वडा न. १३ स्थित मनमति खोलाको रिटेनिङ वाल निर्माण कार्य, नार्गाजुन नगरपालिका वडा न ४ र ६ जोडने बंगलामुखी मन्दिरको सिमाना सडक निर्माण कार्य, त्यस्तैगरि नार्गाजुन नगरपालिका वडा न ५ बस्यालटोलको सडक निर्माण कार्य र छोकडोल, पुतुवार गाउको सडक निर्माण कार्यको निरिक्षण सहित अध्ययन भ्रमण गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

निरिक्षण भ्रमणदलमा जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज बैद्य, तथा जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, जिल्ला समन्वय समितिका सदस्य सिला कर्मचार्य लगायत स्थानीय उपभोक्ता समितिको उपस्थिती रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930