बिहिबार, बैशाख १३, २०८१

विश्व प्रेस स्वतन्त्रता दिवस: यो वा त्यो कोणबाट नेपाली प्रेस जगत अझै असुरक्षित

काठमाडौ बैशाख २०,  फ्रिडम फोरमले २६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा (सन् २०१८ मे देखि २०१९ अप्रिलसम्म) मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनाबारेको तयार पारिएको वार्षिक मिडिया प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा बाहिरबाट हेर्दा प्रेस स्वतन्त्र रहेको भए पनि सञ्चारगृहमा काम गर्ने पत्रकार अझै सुरक्षाको सवालमा खतरामुक्त हुन नसकेको बताउँनु भएको छ ।

विहिवार राजधानीमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष शर्माले संविधानमा भएको सुन्दर पक्षको कार्यान्वयनमा ठूलो चुनौती रहेको बताउँदै मुलुक सङ्घीयतामा गएपनि मानसिकता अझै केन्द्रिकृत रहेका कारण यो वात्यो कोणबाट नेपाली प्रेस जगत मावनअधिकार लगायतका यावत क्षेत्रमा समस्या देखिएको बताउनु भएको छ । साथै उहाँले हुँदै गरेको आयोगको ऐन संशोधनको प्रारुप हेर्ने हो भने सशोधन हुने ऐनले संवैधानिक अधिकार कुण्ठित गर्ने बताउँनु भएको छ ।

कार्यक्रममा राजपाका नेता वृजेशचन्द्र लालले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने तर व्यवहारमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने प्रवृत्तिले प्रशय पाउँँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।  त्यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाइ यो वा त्यो नाममा प्रताडित गर्ने र पत्रकारका हत्यारालाई कारवाही गर्ने क्रममा विराम लाग्दा मुलुकमा दण्डहीनता मौलाएको बताउँनु भएको उक्त कार्यक्रममा विवेकशील नेपाली दलका संयोजक उज्ज्वल थापाले वर्तमान सरकार आफैँले सूचना लुकाएर प्रेसमाथि अङ्कुश लगाउन खोजेको बताए ।
त्यस्तै फ्रिडम फोरमका प्रमुख कार्यकारी अध्यक्ष तारानाथ दाहालले स्वतन्त्र प्रेस प्रतिकूलका कानून तथा नीति निर्माण, पत्रकारप्रति बढ्दो असहिष्णुता, अनादर व्यवहार, पत्रकारमा बढ्दो डिजिटल निगरानी, विगतदेखि रहँदै आएको प्रेस विरोधी घटनामा न्यायप्राप्तिमा विद्ययमान दण्डहीनता अन्त्यको कुनै प्रयास नहुनु, गोपनियताको हकसम्बन्धी कानूनमार्फत अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई सङ्कुचनमा पार्ने प्रयास हुनु, पत्रकार तथा मिडियाको दुरुपयोग बढ्नुजस्ता कारणले गत वर्ष प्रेस स्वतन्त्रताको अवस्था चुनौतीपूर्ण रहेको बताउँनु भएको छ ।

प्रतिवेदनमा एक वर्ष (मे २०१८ देखि अप्रिल २०१९ सम्म १०४ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घट्दा १५८ पत्रकार प्रत्यक्ष प्रभावित भएको उल्लेख गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।