शुक्रबार, बैशाख ७, २०८१

विद्यालय भवन हस्तान्तरण

विर्तामोड जेठ १५,   गोर्खा वेलफेयर ट्रष्ट जीडब्लुटिद्वारा निर्माण गरिएको झापाको विर्तामोड १०स्थित महेन्द्र ज्योति माविको भवन बुधबार एक कार्यक्रमका बीच व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
जीडब्लुटिका प्रतिनिधि जर्नल जोन वाइटले विद्यालय भवनको उद्घाटन गर्नुका साथै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।  विर्तामोड नगरपालिका वडा नं.–१० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि वाइट, विशेष अतिथि क्याम्टेन केदार राई लगायतले शुभकामना मन्तव्य राख्दै भवन निर्माण कार्यले बालबालिकालाई अध्ययन अध्यापनमा सहजता हुने विचार व्यक्त गर्नुभयो ।

ट्रष्टले लगभग २ करोड २० लाखको लागतमा ८ कोठे पक्की भवन, विद्यालयको वाल कम्पाउण्ड गर्नुका साथै रेष्ट रुम सहितको ३ वटा छात्रा शौचालय समेत निर्माण गरेको विद्यालयका शिक्षक विरेन्द्र कडरियाले जानकारी दिनुभयो । भवन निर्माणका लागि समाजसेवी रामदर्शन गुरुङले सहजीकरण गर्नुभएको बताइएको छ ।  ट्रष्टको सहयोगको सराहाना गर्दै वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन गुरुङले दाताको सहयोगले बालबालिकाको भविष्य निर्माणमा ठूलो सहयोग पुगेको भन्दै धन्यवाद दिनुभयो । शिक्षक वीरेन्द्र कडरियाले सञ्चालन गरेको कार्यक्रममा स्वागत विद्यालयका प्रधानअध्यापक प्रेमबहादुर लिम्बूले गर्नुभएको थियो । झण्डै डेढ वर्ष अघि नै निर्माण सम्पन्न भएको भवनको बुधबार मात्रै औपचारिक उद्घाटन गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930