शनिबार, बैशाख ८, २०८१

वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको रथारोहण आइतबार

काठमाडौं बैशाख २१ , प्राचीनकालमा नेपालमा पानीको हाहाकार सहित अनिकाल शुरु भएसंगै लिच्छविकालीन राजा नरेन्द्र देव, ललितपुरका ज्यापू र प्रसिद्ध तान्त्रिक बन्धुदत्त बज्राचार्यले भारतको कामारुपकामाक्षबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याई वर्षा गराउँदै सहकालकाको वर्षा गराएको किंवदन्ती वोकेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा अर्थात रथारोहण शुभसाइत अनुसार आइतबार पुल्चोकमा हुने भएको छ ।

वैैशाख शुक्लपक्ष प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई तःबहालस्थित मन्दिरबाट बाजागाजा र पूजाआजासहित खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा रथारोहण गराउँने परम्परा रहिआएको छ। यसअघि गत बैशाख मच्छिन्द्रनाथलाई महास्नान गराइएको थियो भने दशकर्म अन्र्तगत न्वारान, पास्नी, व्रतबन्ध, विवाह, गुफा राख्ने काम समेत गरिने बताइएको छ ।

त्यस्तै आगामी बुघवारबाट मच्छिन्द्रनाथको रथ यात्रा अन्र्तगत पुल्चोकबाट गाबहालतर्फ तानिने भएको छ । पहिलो दिन गाबहाल हुँदै मङ्गलबजार, सुन्धारा, थापाहिटी, लगनखेल अनि जावलाखेल पु¥याइने जात्रा सम्वद्ध समूहले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।