बिहिबार, चैत्र १५, २०८०

रोटरी क्लवअफ न्यूरोड सिटीको १५ औ वार्षिकउत्सव सम्पन्न

काठमाडौ बैशाख २५ , रोटरी क्लव अफ न्यूरोड सिटीले स्थापना वर्षको १५ औ वार्षिकउत्सव एक भव्य र शालिन कार्यक्रमकावीच सम्पन्नन गरेको छ । राजधानीको लैनचौर व्यङ्केटमा सम्पन्न उक्त कार्यक्रममा क्लवका अध्यक्ष माणिकरत्न शाक्य, आरसी डिष्ट्रिक ३२९२ का  डिष्ट्रिक गभर्नर चिन्तमणि भटटराइ लगायत डिष्ट्रिक ३२९२ का अफिसरहरुको  उल्लेख्य  उपस्थिती रहेको थियो ।

क्लवका चार्टर प्रेसिडेंट हर्षरत्न शाक्यले वार्षिक् प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा क्लवका पास प्रेसिडेंट र १० वर्षसम्म निरन्तर सदस्य रहि योगदान गर्नु भएका क्लव सदस्य त्यस्तै गरि क्लवसंग सहकार्य गर्दै विभिन्न सामाजीक कार्य सम्पादन गर्दै आएका संघसंस्थाका प्रतिनीधी समेतलाइ सम्मानीत समेत गरिएको थियो ।

त्यस्तै क्लवको १५ औ वार्षिउत्सवको माहौललाइ कार्यक्रम सञ्चालक सुनिलरत्न तुलाधरले आफ्नो आवाजमा थप मनोरम बनाएको क्लवका जनसम्पर्क अधिकृत रमिला श्रेष्ठ शाक्यले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार कार्यक्रममा  क्लवका विभिन्न तह र तप्काका जिम्मेवार अधिकारी, शुभचिन्तक तथा विशिष्ट पाहुँनाहरुको उपस्थिती रहेको बताईएको छ ।  त्यस अवसरमा आरसी सदस्यद्दय बसन्त कुमार प्रधान र वावुराम कोइरालालाइ स्वागत समेत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।