शुक्रबार, बैशाख १४, २०८१

रु ११ लाख ४५ हजार भ्रष्टाचारको आरोपमा विद्यालयका प्रअ र समितिका अध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौ बैशाख २७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर र सतबरियालगायत विभिन्न सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त भएको काठ हिनामिना गरेको आरोपमा साधारण उच्च माविका प्रधानाध्यापक पूर्णबहादुर चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोगेन्द्रसिंह राजपूत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रअ चौधरी र व्यवस्थापन समितिका अध्यक्ष राजपुतले आपसी मिलोमतोमा विद्यालयलाई प्राप्त भएको काठ बिक्री वितरण गरी हिनामिना गरेको आयोगको अनुसन्धानबाट खुलेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त एक हजार ७९२ क्युफिट सालको काठ अनियमितरुपमा बिक्री गर्दै रु ११ लाख ४५ हजार बराबरको भ्रष्टाचार गरेको जनाउँदै आरोपीद्दयसंग बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।