शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रिय जागरण’लाई सफल बनाउन काँग्रेसले विविध प्रशिक्षण् कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं बैशाख २२ , नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बैशाख २५ बाट शुरु हुने पार्टीको ‘राष्ट्रिय जागरण’ कार्यक्रमलाई सफल पार्न र सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीका उपसभापति एवं प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा आज बसेको प्रतिष्ठानको बैठकले सङ्घीय ससंदमा रहेका काङ्ग्रेसका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

यसक्रममा प्रशिक्षण प्रतिष्ठानले देशका सातवटै प्रदेशमा महाधिवेशन प्रतिनिधिको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम त्यस्तै काङ्ग्रेसले आफ्नो पार्टीबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम र विदेशस्थित जनसम्पर्क समितिमा आबद्धलाई प्रशिक्षणसंगै क्रियाशील सदस्यका लागि समेत प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।