शनिबार, बैशाख ८, २०८१

राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति कार्यक्रम प्रस्तुत (लाइभ )

काठमाडौ बैशाख २०,  प्रतिनिधिसभा र राष्ट्रयसभाको आज बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रमको सम्बोधनप्रति पेश गर्नुभएको थियो ।

यसअघि राष्ट्रपति भण्डारीलाई संसद् भवन नयाँ बानेश्वरमा पुग्नुहुँदा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल एवं सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले स्वागत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।